मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्य सम्बन्धी सम्झौता

बुधबार, ३१ भदौ २०८३, १७ : १५

काठमाडौं- मुक्तिनाथ विकास बैंक लिमिटेड र कर्मा रेसिडेन्सिजबीच आवास तथा अपार्टमेन्ट खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।

महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्ने ग्राहकलाई लक्षित गरी भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकको प्रचलित नीति तथा मापदण्ड पूरा गर्ने योग्य ग्राहकले आधार दरमा ०।२५ प्रतिशत प्रिमियम थप गरी आवास कर्जा प्राप्त गर्न सक्नेछन्। कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहने बैंकले जनाएको छ।

सम्झौताले कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न इच्छुक ग्राहकलाई वित्तीय व्यवस्थापनमा सहजता पुग्ने अपेक्षा गरिएको छ।

बुधबार, ३१ भदौ २०८३, १७ : १५

प्रतिक्रिया