ताजा समाचार

दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कपको टाइसिट ड्र सम्पन्न, प्रतियोगिताको खेल तालिका सार्वजनिक

विहीबार, ०१ असोज २०८३, १५ : ३७

काठमाडौं- नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा हुन गइरहेको दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप २०८३ को टाइसिट ड्र सम्पन्न भएको छ।

कम्पनीले प्रतियोगितामा सहभागी विभिन्न बीमा कम्पनी तथा संस्थाहरूलाई समेटेर कमलादी स्थित नेपाल अर्ग्यानिक फूडल्याण्डमा टाइसिट ड्रमार्फत प्रारम्भिक चरणका खेलहरू तय गरेको हो।

असोज ३ गते सामाखुसी फुटसलमा आयोजना हुने प्रतियोगितामा सहभागी टोलीहरूबीच प्रतिस्पर्धात्मक फुटसल खेल सञ्चालन हुनेछ। टाइसिट ड्रबाट प्रतियोगिताको प्रारम्भिक नकआउट चरणमा निम्न टोलीहरूबीच प्रतिस्पर्धा हुने तय भएको छः

Screenshot 2026-09-17 153742Screenshot 2026-09-17 153723Screenshot 2026-09-17 153706

टाइसिट ड्रमार्फत तय भएको खेल तालिकाले सहभागी टोलीहरूलाई प्रतियोगिताका लागि थप तयारी गर्ने अवसर प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ। प्रतियोगिताले नेपाली बीमा क्षेत्रका विभिन्न कम्पनीबीच आपसी सम्बन्ध, सहकार्य र स्वस्थ प्रतिस्पर्धालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

 Arena Pro  सँग मोबाइल एप पार्टनरको सहकार्य

यस वर्षको दोस्रो नेपाल इन्स्योरेन्स फुटसल कप का लागि Arena Pro  लाई आधिकारिक मोबाइल एप पार्टनरका रूपमा सहकार्यमा ल्याइएको छ।

प्रतियोगितासँग सम्बन्धित खेलको स्कोर, खेलको अवस्था, खेल तालिका तथा अन्य महत्वपूर्ण जानकारीहरू ब्चArena Pro  मोबाइल एपमार्फत प्राप्त गर्न सकिनेछ। खेलप्रेमी तथा सहभागीहरूले Arena Pro  एप डाउनलोड गरी प्रतियोगिताका खेलहरू सम्बन्धी अपडेटहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

Arena Pro  सँगको सहकार्यले प्रतियोगिताको खेलसम्बन्धी सूचना तथा स्कोरलाई डिजिटल माध्यमबाट दर्शक र खेलप्रेमीमाझ सहज रूपमा पुर्‍याउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।

विहीबार, ०१ असोज २०८३, १५ : ३७

प्रतिक्रिया