बाढी प्रभावित क्षेत्रका ९० प्रतिशत ठाउँमा बिजुली बल्यो

शुक्रबार, ०२ असोज २०८३, १४ : २३

काठमाडौं - भोटेकोसी बाढी प्रभावित क्षेत्रमा बिजुली जोड्ने काम द्रुत गतिमा अगाडि बढाइएको छ।

‘नुवाकोटमा भदौ २४ देखि नै सम्पूर्ण क्षेत्रमा विद्युत् सञ्चालन भइसकेको छ। धादिङमा त त्यसअगाडि नै सबै ठाउँमा बिजुली जोडिसकिएको थियो’, उनले भने, ‘बाढीबाट सबैभन्दा प्रभावित रसुवाका पनि ९० प्रतिशत ठाउँमा बिजुली पुर्‍याइएको छ।’

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार धादिङ र नुवाकोटका सबै क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन भइसकेको छ। 
मन्त्रालयका अनुसार भदौ १० को बाढीबाट पूर्वाधार क्षति भई विद्युत् अवरुद्ध भएका रसुवा, नुवाकोट र धादिङमा भोलिपल्टबाटै विद्युत् सञ्चालनको काम थालिएको थियो। 

प्रवक्ता शाक्यका अनुसार उत्तरगया गाउँपालिकाको वडा नं. १, गोसाईंकुण्ड गाउँपालिकाका वडा नं. १, २, ३ बाहेक रसुवाका सबै क्षेत्रमा विद्युत् सञ्चालन भइसकेको छ। 

राष्ट्रिय विद्युत वितरण नपुगेको क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत संस्थागत तथा घरेलु सौर्य प्रणालीमार्फत विद्युत सेवा क्रमशः सञ्चालन गरिएको उनले जानकारी दिए। 

शुक्रबार, ०२ असोज २०८३, १४ : २३

प्रतिक्रिया