नेपालमै निर्मित इलेक्ट्रिक स्कुटर ‘यात्री पी-२’ को मूल्य सार्वजनिक

शुक्रबार, ०२ असोज २०८३, १६ : ५९

काठमाडौं- सिप्रदी र यात्रीको सहकार्यमा नेपालमै इन्जिनियरिङ तथा उत्पादन गरिएको नयाँ विद्युतीय स्कुटर ‘यात्री पी–२’ (Yatri P2) को औपचारिक मूल्य सार्वजनिक गरिएको छ । कम्पनीले यस स्कुटरको सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० तोकेको छ।

ग्राहकले आफ्नो आवश्यकता, बजेट र रुचिअनुसार ब्याट्री क्षमता, रङ्ग तथा विभिन्न कनेक्टिभिटीका फिचरहरू छनोट गरी स्कुटरलाई आफूअनुकूल (कस्टमाइज) बनाउन सक्ने कम्पनीले जनाएको छ ।

नेपालका चुनौतीपूर्ण सडक, उकालो–ओरालो, घुम्ती र सहरी ट्राफिकलाई ध्यानमा राखेर पी–२ को डिजाइन गरिएको हो ।

मोटर र पर्फर्मेन्स: यसमा पीएमएसएम (PMSM) मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले ह्वीलमा ३१५ Nm सम्मको टर्क उत्पादन गर्छ । उकालो सडकहरूमा समेत निरन्तर शक्ति प्रदान गर्न यसमा एक्टिभ्ली–कुल्ड हाई–पावर कन्ट्रोलर दिइएको छ ।

च्यासिस र सस्पेन्सन: मजबुत स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन र १४–इन्चका अलोय ह्वीलले खाल्डाखुल्डी तथा कच्ची सडकमा राम्रो स्थिरता र नियन्त्रण दिन्छन्।

ब्रेकिङ: सुरक्षित यात्राका लागि स्कुटरमा डुअल डिस्क ब्रेक र कम्बाइन्ड ब्रेकिङ सिस्टम (CBS) समावेश छ ।

तीन ब्याट्री विकल्प र ८ वर्षको वारेन्टी

दैनिक यात्राको आवश्यकता अनुसार ग्राहकले ३ वटा ब्याट्री भेरियन्ट रोज्न सक्नेछन् 

३.० kWh ब्याट्री: वास्तविक सहरी अवस्थामा ९० किमी सम्मको रेन्ज 

३.७ kWh ब्याट्री: वास्तविक सहरी अवस्थामा ११२ किमी सम्मको रेन्ज

५.२ kWh ब्याट्री: वास्तविक सहरी अवस्थामा १५७ किमी सम्मको रेन्ज

लामो दूरी यात्रा गर्न चाहनेका लागि ‘एक्स्टेन्डर प्याक’ मार्फत थप ५० किलोमिटरसम्म रेन्ज बढाउन सकिने सुविधा उपलब्ध छ । कम्पनीले स्कुटरको ब्याट्रीमा उद्योगकै अग्रणी ८ वर्ष वा ८०,००० किलोमिटर सम्मको वारेन्टी प्रदान गरेको छ।

पी–२ मा अनबोर्ड चार्जर जडान गरिएकाले घरमा चार्ज गर्दा छुट्टै एडाप्टर बोक्नुपर्ने झन्झट हुँदैन । घरमै यसलाई साढे २ घण्टाभन्दा कम समयमै फुल चार्ज गर्न सकिन्छ । साथै, लामो यात्राका लागि यसमा डीसी (DC) फास्ट चार्जिङ सुविधा पनि छ, जसले करिब ४१ मिनेटमै ब्याट्री चार्ज गर्छ । सिप्रदी यात्रीले देशभर आफ्ना चार्जिङ नेटवर्कहरू विस्तार गरिरहेको जनाएको छ।

स्मार्ट कनेक्टिभिटी र आधुनिक प्रविधि

७ इन्चको TFT डिस्प्ले: वायरलेस एप्पल कारप्ले (Apple CarPlay) र एन्ड्रोइड अटो (Android Auto) सपोर्ट गर्ने आधुनिक डिस्प्ले जडान गरिएको छ, जसबाट नेभिगेसन तथा अन्य जानकारी सहजै हेर्न सकिन्छ।

४G कनेक्टिभिटी र मोबाइल एप: स्कुटर चौबिसै घण्टा इन्टरनेट नेटवर्कमा जोडिने भएकाले मोबाइल एपमार्फत लाइभ भेहिकल ट्र्याकिङ, रियल–टाइम चार्जिङ स्थिति, रुट प्लानिङ र सर्भिस बुकिङ गर्न सकिन्छ।

किलेस इन्ट्री र सुरक्षा: प्रोक्सिमिटी डिटेक्सन प्रविधिका कारण चाबीबिना नै स्कुटर स्टार्ट गर्न सकिन्छ। यसका अलावा एन्टी–थेफ्ट नोटिफिकेसन, मोटर लक, हिल होल्ड, क्रुज कन्ट्रोल, क्लास–डी हेडल्याम्प र रिजेनेरेटिभ ब्रेकिङजस्ता स्मार्ट फिचरहरू स्कुटरमा उपलब्ध छन्

कम्पनीका अनुसार काठमाडौंको टेकुस्थित नयाँ एक्सपेरियन्स सेन्टर अक्टोबर २०२६ को पहिलो सातादेखि सञ्चालनमा आउनेछ, जहाँ ग्राहकले स्कुटरको प्रत्यक्ष अनुभव, टेस्ट राइड र बुकिङ गर्न सक्नेछन्।

नाडा अटो शोका दौरान पी–२ प्रि–बुकिङ गरेका ग्राहकहरूलाई प्राथमिकतामा राखी डेलिभरी सुरु गरिनेछ। जसअन्तर्गत ३.७ kWh र ५.२ kWh भेरियन्टको डेलिभरी अक्टोबर मध्यदेखि नोभेम्बरभित्र र बाँकी भेरियन्टको डेलिभरी डिसेम्बर २०२६ देखि सुरु हुनेछ।

नेपालमै दुई वर्षभन्दा बढी समय लगाएर अनुसन्धान तथा विकास गरिएको यो स्कुटरले ‘बर्न हियर, बिल्ट फर द वर्ल्ड’ (नेपालमै निर्मित, विश्व बजारका लागि योग्य) भन्ने सन्देश बोकेको सिप्रदी यात्रीले उल्लेख गरेको छ।
 

शुक्रबार, ०२ असोज २०८३, १६ : ५९

प्रतिक्रिया