प्रभु बैंकद्धारा विपद्बाट प्रभावित परिवारहरुका लागी आश्रय स्थल (पहेंलो गुम्बा) लाई बंक बेड हस्तान्तरण

शनिबार, ०३ असोज २०८३, १० : ३७

काठमाडौं- प्रभु बैंक लिमिटेडले कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पहेँलो गुम्बामा आवश्यक ६ थान दुई तल्ले खाट (Bunk Bed) हस्तान्तरण गरेको छ ।

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण उक्त गुम्बामा आश्रित परिवारहरुको तत्कालिन आवश्यकतालाई मध्यनजर गर्दै बैंकले काठमाडौँ स्थित पहेँलो गुम्बामा थप सहयोग स्वरुप ६ थान दुई तल्ले खाट (Bunk Bed) उपलब्ध गराएको छ । प्रभावित परिवारहरुका लागि दुई तल्ले खाट अत्यावश्यक रहेको पहिचान भए पछि बैंकले सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उक्त सहयोग गरेको हो । यस सहयोगबाट राहत तथा आश्रय स्थलमा बसोबास गरि रहेका प्रभावित परिवारहरुलाई थप सहजता पुग्ने बैंकले विश्वास लिएको छ ।

यस अघि पनि विनाशकारी बाढीका कारण प्रभावित तथा घरवारविहीन भएका परिवारहरुलाई राहत सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २ करोड ११ लाख ११ हजार १११ सय साथै प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुले स्वेच्छिक रुपमा संकलन गरेको रु. ४० लाख ४८ हजार ५० पचासरुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको थियो ।


त्यसै गरी बाढीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले थप सहयोग स्वरुप १०० थान टेन्ट तथा १०० थान स्लिपिङ ब्याग समेत आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेको थियो ।

साथै बैंकले प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बैंक लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत देशको सातै प्रदेशमा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो ।

प्राकृतिक विपद्का कारण ज्यान गुमाउनुहुने स्वदेशी तथा विदेशी नागरिकहरुप्रति प्रभु बैंक हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै सम्पर्क विहीन नागरिकहरुको शीघ्र उद्धार तथा घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दै विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति बैंकले गहिरो समवेदना व्यक्त गर्दछौँ ।

प्रभु बैंकले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक तथा समुदायको राहत उद्धार र पुनर्स्थापनाका प्रयासमा आफ्नो सामाजिक उत्तरदायित्व लाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

शनिबार, ०३ असोज २०८३, १० : ३७

प्रतिक्रिया