काठमाडौं- भाद्र १० गते नुवाकोट, टिमुरे र रसुवामा गएको भिषण वाढीबाट पीडित नागरिकहरुका लागि नाडाले प्रदान गरेको विभिन्न किसिमका राहत सामग्रीहरु मिति २०८३ अशोज ३ गते, नाडाका कोषाध्यक्ष पंकज अग्रवाल तथा सहकोषाध्यक्ष निलमणी पाठकज्यूको नेतृत्वमा गएको नाडा प्रतिनिधिहरुले जिल्ला प्रशाशन कार्यालय नुवाकोटसंगको समन्वयमा जिल्ला समन्वय समितिको कार्यालय, नुवाकोटलाई औपचारिक रुपमा हस्तान्तर गरेको छ ।

यसै सन्दर्भमा मिति २०८३ भाद्र १८ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उपे्रतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले माननीय अर्थ मन्त्री स्वर्णिम वाग्लेसंग भेटी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु. १० लाख रुपैया नगद सहयोग समेत उपलब्ध गराई सकेकोे छ। नाडाले विगतका समय देखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका विपत्तिहरुमा सक्दो आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको छ ।
प्रतिक्रिया