सुनचाँदी

सुनचादीँको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलबार, ०६ असोज २०८३, ११ : ३०

काठमाडौं- नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ  तोलामा एक हजार सात सय रूपैयाँ घटेको  छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ । 

सोमबार सुन प्रतितोला तीन लाख तीन हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो ।  यस्तै, मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।

सोमबार प्रतितोला चार हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ घटेको हो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय ४७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

मंगलबार, ०६ असोज २०८३, ११ : ३०

प्रतिक्रिया