धनगढीमा एभरेष्ट बैंकको नयाँ भवन तथा १३४ औं शाखा संचालन

मंगलबार, ०६ असोज २०८३, १२ : ५९

काठमाडौं- एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा मिति २०८३ साल असोज ५ गते सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला अन्तर्गत धनगढी उपमहानगरपालिका वडा नं ८ क्याम्पस चोकमा मा आफ्नो १३४औँ शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ । 

साथै बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु सोहि भवनबाट प्रदान गर्ने व्यहोरा जनाएको छ । यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ । 

धनगढी उद्योग बाणिज्य संघका अध्यक्ष श्री पुष्कर ओझाज्यू र बैंकका संचालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यज्यूबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा, धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जुगराम चौधरीज्यू, बैंकका प्रमुख कार्यकारी अधिकृत  सुदेश खालिङज्यू , बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञ राज तिमिल्सिनाज्यू , विभिन्न उद्योग व्यवसायीहरु तथा बैंकका अन्य कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिती रहेको थियो ।
 

मंगलबार, ०६ असोज २०८३, १२ : ५९

प्रतिक्रिया