म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

शनिबार, १० असोज २०८३, ०९ : १४

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ । 

धौलागिरि, मालिका, रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको हो । मङ्गला गाउँपालिकामा भने मतदान प्रक्रियाबाट गोपाल भट्टचन सभापतिमा निर्वाचित भएका छन् । 

म्याग्दी कांग्रेसका सचिव भरत रकालले बेनी नगर सभापतिमा चक्र केसी, धौलागिरिमा प्रेमप्रसाद पुन, मालिकामा राजेन्द्र जुग्जाली, रघुगङ्गामा निरज भण्डारी र अन्नपूर्ण गाउँपालिका सभापतिमा कृष्णप्रसाद बरुवाल निर्विरोध चयन भएका हुन् । 

मङ्गला गाउँपालिकाको सभापतिमा प्रतिस्पर्धी मुक्तमान केसीलाई दुई मतले पछि पार्दै भट्टचन निर्वाचित भउका छन् । भट्टचनले ४१ मत प्राप्त गरेर सभापतिमा निर्वाचित हुँदा उनका प्रतिस्पर्धी केसीले ३९ मत प्राप्त गरेका छन् । 

छ वटा स्थानीय तह रहेको म्याग्दीका ४५ वटै वडामा सर्वसम्मतिमा नेतृत्व, पदाधिकारी, सदस्य र क्षेत्रीय प्रतिनिधिहरु चयन भएका जिल्ला सचिव रकालले जानकारी दिए । 

शनिबार, १० असोज २०८३, ०९ : १४

प्रतिक्रिया