काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि Gulf Lubricants र Janakpur Bolts बीचको साझेदारी नवीकरण भएको छ। नेपालमा Gulf Lubricants को आधिकारिक आयातकर्ता तथा उत्पादक नेपाल ल्युब आयल लिमिटेडले Janakpur Bolts सँगको सहकार्यलाई निरन्तरता दिएको हो।
काठमाडौंको झम्सिखेलस्थित द प्लाजामा आयोजित सम्झौता हस्ताक्षर समारोहमा साझेदारी नवीकरणको औपचारिक घोषणा गरिएको हो। सम्झौताअनुसार Gulf Lubricants आगामी एनपीएल सिजनमा पनि Janakpur Bolts को आधिकारिक लुब्रिकेन्ट साझेदारका रूपमा रहनेछ।
सोही अवसरमा Janakpur Bolts को पहिचान र रङलाई आधार बनाएर तयार पारिएको Gulf Pride 4T Plus 20W-50 को सीमित विशेष संस्करणको प्याकसमेत सार्वजनिक गरिएको छ।
नेपाल ल्युब आयलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत करणकुमार चौधरीले Janakpur Bolts सँगको सहकार्यलाई केवल ब्रान्ड प्रवर्द्धनमा सीमित नभई टोली, मधेसको समुदाय र क्रिकेट समर्थकसँग जोडिएको सम्बन्धका रूपमा अघि बढाइएको बताए।
उनका अनुसार ‘Gulf Powered Bolts’ अभियानमार्फत Gulf का उत्पादनलाई क्रिकेटप्रेमी, खुद्रा विक्रेता तथा मेकानिकसम्म थप प्रत्यक्ष रूपमा पुर्याउने लक्ष्य राखिएको छ।
Janakpur Bolts का प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले पनि Gulf सँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी व्यक्त गरे। उनले एनपीएलको उतारचढावपूर्ण यात्रामा Gulf ले निरन्तर साथ दिएको भन्दै यो सम्बन्ध प्रायोजनमा मात्र सीमित नभई विश्वास र सम्मानमा आधारित रहेको बताए।
सीमित संस्करणको Gulf Pride बजारमा
Janakpur Bolts को पहिचान र रङमा तयार पारिएको Gulf Pride 4T Plus 20W-50 को विशेष संस्करण सीमित संख्यामा बजारमा उपलब्ध हुनेछ। उक्त प्याक २०८३ असोज १५ देखि मंसिर १४ गतेसम्म बजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
नेपाल ल्युब आयलका बिक्री तथा बजार व्यवस्थापन विभागका उपमहाप्रबन्धक दिवाकर मिश्रले विशेष संस्करणमार्फत साझेदारीलाई बजारसँग अझ नजिक जोड्ने उद्देश्य रहेको बताए।
विशेष संस्करणको बजार अभियानअन्तर्गत सबैभन्दा धेरै विशेष संस्करणका प्याक बिक्री गर्ने खुद्रा विक्रेतालाई सम्मान गर्न Gulf ले ‘रिटेलर लिडरबोर्ड’ कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ।
सिजन ३ को साझेदारीलाई डिजिटल माध्यम, खेलदिवसका गतिविधि तथा Gulf को बजार सञ्जालमार्फत सञ्चालन हुने विभिन्न उपभोक्तामुखी कार्यक्रमबाट थप विस्तार गरिने जनाइएको छ।
नेपाल प्रिमियर लिगको तेस्रो संस्करण आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म सञ्चालन हुने तालिका छ।
नेपाल ल्युब आयल लिमिटेड Gulf Oil International को इजाजतप्राप्त कम्पनी हो। कम्पनीले बाराको अमलेखगन्जस्थित प्लान्टबाट अटोमोटिभ तथा औद्योगिक लुब्रिकेन्ट र ट्रान्सफर्मर आयल उत्पादन गर्दै आएको छ।
प्रतिक्रिया