मुनलाईट हाईड्रोपावर कम्पनी लिमिटेडेको शेयरको प्रत्याभुतिकर्तामा ज्योति क्यापिटल लिमिटेड नियुक्त

बुधबार, १४ असोज २०८३, १५ : ४७

काठमाडौं- मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको ९२,४१,४२६ थानसाधारण शेयरको प्रति शेयर अङ्कित मुल्य रु. १००/– का दरले कुल रु. ९२,४१,४२,६००/– (अक्षरेपी बयानब्बे करोड एकचालीस लाख बयालिस हजार छ सय रुपैयाँ मात्र) को प्रत्याभुति ज्योति क्यापिटलले गर्ने भएको छ । क्यापिटल र मुनलाईट हाइड्रोपावर कम्पनी कम्पनीबीच शेयर प्रत्याभुति गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

काठमाडौंमा आज आयोजित एक समारोहबिच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र मुनलाईट हाइड्रोपावर कम्पनी लिमिटेडको तर्फबाट कम्पनीका संचालक समितिका अध्यक्ष कल्याण विक्रम न्यौपानेले शेयर प्रत्याभुति गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्ता पुंजी २१ करोड रहेको छ । हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने अभिलाषा बोकेको ज्योति क्यापिटलले नेपाल धितोपत्र वोर्डबाट मर्चेन्ट बैंकरको कार्य गर्न अनुमती प्राप्त गरी धितोपत्रको निष्काशन तथा बिक्री प्रवन्धक, लगानी व्यवस्थापन, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभुति तथा शेयर रजिष्ट्रारको सेवा प्रदान गरिरहेको छ ।
    
 

बुधबार, १४ असोज २०८३, १५ : ४७

प्रतिक्रिया