स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग

विहीबार, १५ असोज २०८३, १० : २५

काठमाडौं- स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले अगस्ट २०२६ मा नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा पुनरुत्थानका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख अमेरिकी डलर सहयोग गरेको छ।

बैंकले प्रभावित समुदायहरू बाढीको व्यापक असरबाट क्रमशः पुनःस्थापित हुँदै गएको अवस्थामा नेपालका जनतासँग ऐक्यबद्धता जनाउँदै उक्त सहयोग गरेको जनाएको छ।

सहयोगको महत्वबारे बैंकका प्रमुख कार्यकारी अधिकृत गोरख रानाले बाढीका कारण देशका विभिन्न जिल्लामा धेरै परिवारले ठूलो चुनौती र जनजीवन तथा जीविकोपार्जनमा अवरोध सामना गर्नुपरेको बताए।

उनले स्ट्यान्डर्ड चार्टर्डले समुदायलाई दीर्घकालीन रूपमा सहयोग गर्दै पुनःस्थापना र पुनर्निर्माणमा साथ दिने विश्वास व्यक्त गरे। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रभावित समुदायलाई पुनःस्थापित गर्न, जीविकोपार्जनका आधार पुनःनिर्माण गर्न तथा भविष्यमा विपद्सँग जुध्ने क्षमता बलियो बनाउन नेपाल सरकारको जारी प्रयासमा सहयोग पुग्ने उनको भनाइ छ।

नेपालमा लामो समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको स्ट्यान्डर्ड चार्टर्ड बैंकले देशको पुनःस्थापना प्रयासमा सहयोग जारी राख्ने जनाएको छ। बैंकले समुदायमा दीर्घकालीन र अर्थपूर्ण प्रभाव पार्ने विभिन्न पहलमा योगदान गर्दै आएको पनि जनाएको छ।

विहीबार, १५ असोज २०८३, १० : २५

प्रतिक्रिया