काठमाडौं- एभरेष्ट बैंक लिमिटेडको ३२औं वार्षिक साधारण सभा मिति २०८३/०६/१४ गते सम्पन्न भएको छ । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।
सभाले शेयरधनीहरुका लागि ५% बोनस शेयर र १०% नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै, प्रस्तावित बोनस शेयर जारी भएपश्चात् पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन सम्बन्धी विशेष प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।
आ.व. २०८३/८४ को लागि ७नतसी जी.पी. राजवाहक एण्ड कम्पनीलाई लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव समेत सभाले सर्वसम्मतिबाट पारित गरेको छ ।
प्रतिक्रिया