बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि लक्ष्मी सनराइज क्यापिटलद्वारा २१ लाख बढी सहयोग

विहीबार, १५ असोज २०८३, १६ : १६

काठमाडौं- लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि २१ लाख ५७ हजार ४१८ रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले गत भदौ १० गते रसुवालगायतका क्षेत्रमा गएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त रकम जम्मा गरेको हो।

कम्पनी तथा त्यहाँ कार्यरत कर्मचारीहरूको व्यक्तिगत योगदानबाट संकलित रकम विपद्बाट प्रभावित नागरिकको आवश्यकता सम्बोधन गर्न र प्रभावित समुदायको पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले प्रदान गरिएको कम्पनीले जनाएको छ।

विपद्को कठिन परिस्थितिमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको लक्ष्मी सनराइज क्यापिटलले जनाएको छ।

कम्पनीले बाढीपहिरोका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, उद्धार गरिएका घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

विहीबार, १५ असोज २०८३, १६ : १६

प्रतिक्रिया