ताजा समाचार

नेपाल प्रिमियर लिगको प्रसारणमा ‘पावरबाई’ पार्टनरका रूपमा नेपाल लाइफ इन्स्योरेन्स

शुक्रबार, १६ असोज २०८३, १६ : ३९

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल प्रिमियर लिग ९एनपीएल० को प्रसारणका लागि हिमालय स्पोर्ट्स एचडीसँग ‘Power By’ पार्टनरका रूपमा सहकार्य गर्ने सम्बन्धमा एक समारोहबीच सम्झौता सम्पन्न गरेको छ। उक्त सहकार्य एनपीएलको टेलिभिजन प्रसारणसँग सम्बन्धित साझेदारी हो।

यस वर्षको टी–२० क्रिकेटअन्तर्गत आयोजना हुने नेपाल प्रिमियर लिग (एनपीएल) २०८३ आगामी कार्तिक ८ गतेदेखि मंसिर २१ गतेसम्म सञ्चालन हुने तय भएको छ।

नेपालमा क्रिकेट केवल खेलमा सीमित नरही साझा उत्साह, भावना र राष्ट्रिय एकताको महत्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको छ। देशका विभिन्न भूगोल, समुदाय र पुस्ताका नेपालीहरूलाई एउटै उत्साहमा जोड्ने क्रिकेटको यही विशेषतासँग नेपाल लाइफले आफ्नो ब्रान्डको भावना जोड्दै हिमालय स्पोर्ट्स एचडीमार्फत एनपीएल को प्रसारण यात्रामा सहकार्य गरेको हो।

नेपाल लाइफका लागि यो सहकार्य केवल एउटा प्रसारण साझेदारी मात्र नभई खेलप्रतिको प्रेम, नेपालीहरू बीचको आत्मीयता र खेलकुदले सिर्जना गर्ने राष्ट्रिय एकतासँग जोडिने अवसर समेत हो। मैदानमा फरक टिमबीच प्रतिस्पर्धा भइरहँदा टेलिभिजनमार्फत देशभरका लाखौँ दर्शक एउटै खेल, एउटै उत्साह र एउटै भावनामा जोडिन्छन्।
 
यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भने, “नेपाल लाइफ सधैँ नेपाली परिवारको जीवन, भविष्य र सुरक्षासँग जोडिँदै आएको छ। खेलकुदले मानिसहरूलाई नजिक ल्याउँछ, साझा खुसी सिर्जना गर्छ र एकताको भावना बलियो बनाउँछ। त्यसैले एनपीएल जस्तो लोकप्रिय प्रतियोगिताको प्रसारणमार्फत देशभरका दर्शकसँग जोडिन पाउनु हाम्रो लागि विशेष महत्वको विषय हो। 

साथै, यस सहकार्यलाई नेपाली खेलकुद क्षेत्रको प्रवर्द्धन, विकास र उत्थानमा सहयोग पुर्‍याउने हाम्रो प्रतिबद्धताको एक हिस्साका रूपमा पनि लिएका छौँ। हिमालय स्पोर्ट्स एचडीसँगको यस सहकार्यले नेपाल लाइफलाई एनपीएल हेर्ने व्यापक दर्शक समुदायसम्म पुग्ने अवसर प्रदान गर्ने र कम्पनीले जीवन बीमामार्फत आर्थिक सुरक्षा, विश्वास र जिम्मेवार तयारीको महत्व सम्बन्धी सन्देश दर्शकमाझ पुर्‍याउने उद्देश्य राखेको छ।”

मैदानमा प्रतिस्पर्धा हुन्छ, तर खेलप्रतिको प्रेमले देशलाई खेलकुदले समाजमा सकारात्मक ऊर्जा, एकता र आपसी सम्बन्धलाई थप मजबुत बनाउने भएकाले यस्ता प्रसारण प्लेटफर्मसँगको सहकार्यलाई भविष्यमा पनि निरन्तरता दिने कम्पनीले जनाएको छ।
 

शुक्रबार, १६ असोज २०८३, १६ : ३९

प्रतिक्रिया