काठमाडौं– सिद्धार्थ बैंकलेदराजको सहकार्यमा दशैंको अवसर पारेर ‘१०–१० दशैं धमाका’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकहरूले १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नु हुनेछ ।
२०८३ असोज १५ गतेदेखि २६ गतेसम्म ९अक्टोबर १ देखि १२, २०२६० सञ्चालन हुने यस अफर अन्तर्गत सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत ९अधिकतम रु १,०००० र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत ९अधिकतम रु. १,५००० सम्म छुट प्राप्त गर्न निम्न प्रक्रिया पूरा गरी उक्त छुटकोलाभ लिन सक्नु हुनेछ ।
ग्राहकले दराजको एपमा रहेको ‘Mega Dashain Discounts 10.10’ अभियान अन्तर्गत ‘Bank Voucher’ सेक्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ ।
संकलित भाउचर ग्राहकको Daraz प्रोफाइलको ‘My Vouchers’ मा सुरक्षित हुनेछ ।
त्यसपछि रु १,९९९ वा सोभन्दा बढीको खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा Visa Debit/Credit Card छनोट गरेर सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरी उक्त छुट प्राप्त गर्न सक्नुहुनेछ ।
दशैंको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित तथा लाभदायी बनाउने उद्देश्यले ल्याइएको यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सहज र सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ ।
साथै, दशैंको किनमेलमा ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्दै डिजिटल बैंकिबको प्रयोगलाई प्रवद्र्धन गर्न यस अफरले योगदान पुर्याउने अपेक्षा गरिएको छ । यस अफरको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु माफ्र्mत सम्पर्क गर्न सक्नुहुनेछ ।
प्रतिक्रिया