दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अघि बढ्दै, मूल आयोजक समितिको बैठक सुर्खेतमा सुरु

आइतबार, १८ असोज २०८३, १३ : ५९

 काठमाडौं - आगामी मंसिर १६ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, व्यवस्थापन, पूर्वाधार, खेलाडी तथा प्रतियोगिता सञ्चालनसम्बन्धी तयारीका लागि सुर्खेतको वीरेन्द्रनगरमा मूल आयोजक समितिको बैठक सुरू भएको छ ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आइतबार राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा बैठक सुरु भएको हो ।

बैठकमा शिक्षा तथा खेलकुदमन्त्री पोखरेलसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीलगायत सम्बन्धित पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको छ ।


 

आइतबार, १८ असोज २०८३, १३ : ५९

प्रतिक्रिया