अपडेट

सुनको मूल्य स्थिर, चाँदी भने घट्यो

मंगलबार, २० असोज २०८३, १२ : १४

काठमाडौं- स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको मूल्य प्रतितोला रु १५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र त्यति चाँदीको मूल्य रु चार हजार ४१५ कायम भएको छ ।  

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ९१ हजार ५०० र चाँदीको मूल्य रु चार हजार ४३० कायम थियो ।
 

मंगलबार, २० असोज २०८३, १२ : १४

प्रतिक्रिया