इन्फिनिक्स जीटी ५० प्रो गेमिङ स्मार्टफोन अब नेपालमा, मासिक ४ हजार २५० रुपैयाँदेखि शून्य प्रतिशत ईएमआई सुविधा

बुधबार, २१ असोज २०८३, १२ : ००

काठमाडौं- Infinix ले आफ्नो performance-focused GT Series अन्तर्गत Infinix GT 50 Pro नेपालमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ। गेमर तथा power users लाई लक्षित गरी तयार गरिएको यो स्मार्टफोनमा advanced cooling system, high-frame-rate gaming capability र dedicated gaming
controls जस्ता विशेषता रहेका छन्।

“Liquid Flow, Hyper Performance” को अवधारणामा आधारित GT 50 Pro मा HydroFlow Liquid Cooling, 144FPS Gaming Ecosystem र Pressure-Sense GT Triggers जस्ता gaming-focused technology उपलब्ध छन्। यी सुविधाले मोबाइल गेमिङलाई अझ smooth, responsive र immersive बनाउन सहयोग गर्छन्। GT 50 Pro नेपालमा 12GB RAM + 256GB storage भेरियन्टमा उपलब्ध छ, जसको मूल्य रु. ८४,९९९ तोकिएको छ।

साथै, Infinix ले GT 50 Pro लाई अझ सहज रूपमा खरिद गर्न ०% EMI सुविधा समेत उपलब्ध गराएको छ, जसअन्तर्गत मासिक किस्ता रु. ४,२५० देखि सुरु हुन्छ। EMI सम्बन्धी सुविधा लागू हुने नियम तथा सर्तहरूमा आधारित हुनेछ।

Screenshot 2026-10-07 120319

मुख्य विशेषताहरू

HydroFlow Liquid Cooling

GT 50 Pro को performance लाई अझ प्रभावकारी बनाउन HydroFlow Liquid Cooling प्रविधि प्रयोग गरिएको छ। लामो समयसम्म गेम खेल्दा वा अन्य heavy applications चलाउँदा उत्पन्न हुने तापक्रम व्यवस्थापन गर्न यसले सहयोग गर्छ। यसले लामो gaming session मा performance लाई स्थिर राख्न तथा
गेमिङ र multitasking गर्दा smartphone को speed र responsiveness कायम राख्न सहयोग पुर्‍याउँछ।

144FPS Gaming Ecosystem

GT 50 Pro मा 144FPS Gaming Ecosystem उपलब्ध छ, जसले gaming लाई अझ smooth र fluid बनाउन सहयोग गर्छ। विशेषगरी fast-paced तथा competitive games खेल्दा higher frame rate ले gameplay को visual smoothness र responsiveness अझ राम्रो बनाउन मद्दत गर्छ। यसले GT 50 Pro लाई दैनिक प्रयोगसँगै आधुनिक mobile gaming का लागि पनि उपयुक्त स्मार्टफोन बनाउँछ।

Pressure-Sense GT Triggers

गेमिङका क्रममा अझ राम्रो control का लागि GT 50 Pro मा Pressure-Sense GT Triggers दिइएको छ। यी dedicated gaming controls ले touchscreen बाहेक थप control option प्रदान गर्छन्, जसले fast-paced gameplay मा command execute गर्न अझ सहज बनाउँछ। GT Triggers ले smartphone मै console-style
gaming experience प्रदान गर्ने उद्देश्य राख्छ।

Dolby Atmos सहित Immersive Audio

गेमिङ र visual experience लाई अझ प्रभावकारी बनाउन GT 50 Pro मा Dolby Atmos उपलब्ध छ। यसले gaming, entertainment तथा multimedia प्रयोग गर्दा अझ immersive audio experience प्रदान गर्छ। यसका साथै स्मार्टफोनमा Hi-Res Audio र Hi-Res Audio Wireless को support समेत रहेको छ।

Dedicated N1 Network Chip

GT 50 Pro मा N1 Network Chip पनि रहेको छ, जसले gaming-focused connectivity experience लाई थप मजबुत बनाउन सहयोग गर्छ। Competitive gaming मा network stability र responsiveness महत्वपूर्ण हुने भएकाले GT 50 Pro ले hardware तथा software technology लाई संयोजन गरी थप  complete gaming experience प्रदान गर्ने लक्ष्य राखेको छ।

गेमिङ पुस्ताका लागि विशेष डिजाइन

GT 50 Pro ले Infinix को GT Series को distinctive र bold design identity लाई निरन्तरता दिएको छ। Performance-focused hardware सँगै futuristic design प्रस्तुत गरिएको यो स्मार्टफोन gaming तथा digital lifestyle मन पराउने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको हो। Dedicated GT controls,
advanced cooling system र gaming-oriented interface सहित GT 50 Pro सामान्य performance smartphone भन्दा फरक complete mobile gaming experience प्रदान गर्ने उद्देश्यका साथ विकास गरिएको छ। यसले नेपालका बढ्दो gamer, creator तथा technology enthusiast समुदायका लागि उपयुक्त विकल्पका रूपमा आफूलाई प्रस्तुत गरेको छ।

०% EMI: BIG PHONES, SMALL PAYMENTS

GT 50 Pro लाई ग्राहकका लागि अझ सहज र पहुँचयोग्य बनाउन Infinix ले विभिन्न financing partners मार्फत ०% EMI सुविधा उपलब्ध गराएको छ। Infinix GT 50 Pro 12GB + 256GB को मूल्य रु. ८४,९९९ रहेको छ भने मासिक EMI रु. ४,२५० देखि सुरु हुन्छ। यो सुविधा लागू हुने नियम तथा सर्तहरूमा आधारित हुनेछ।

EMI सुविधा उपलब्ध गराउने participating financing partners मा Goodwill Finance Limited, Neofin Hire Purchase Pvt. Ltd. र MAW रहेका छन्। EMI Eligibility: ०% EMI सुविधा लिन ग्राहकले आवेदन प्रक्रियाका क्रममा valid नागरिकता प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र (NID) पेश गर्नुपर्नेछ।Financing approval तथा लागू हुने नियम र सर्तहरू सम्बन्धित financing partner को नीति तथा आवश्यकताअनुसार निर्धारण हुनेछ।

उपलब्धता

Infinix GT 50 Pro 12GB + 256GB को नेपालमा मूल्य रु. ८४,९९९ रहेको छ। यो स्मार्टफोन देशभरका अधिकृत Infinix retail stores तथा smartphone outlets मा उपलब्ध हुनेछ। ग्राहकहरूले उपलब्धता, EMI eligibility तथा financing प्रक्रियाबारे थप जानकारीका लागि नजिकैको participating outlet मा सम्पर्क गर्न सक्नेछन्।

Infinix बारे

Infinix नयाँ प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट मोबाइल अनुभव प्रदान गर्ने विश्वव्यापी टेक्नोलोजी ब्रान्ड हो। युवा तथा डिजिटल पुस्तालाई लक्षित गर्दै Infinix ले दमदार परफर्मेन्स, आधुनिक डिजाइन, नयाँ प्रविधि र पहुँचयोग्य मूल्यलाई संयोजन गरेर विभिन्न स्मार्टफोन तथा प्रविधि उत्पादनहरू ल्याउँदै आएको छ।

बुधबार, २१ असोज २०८३, १२ : ००

प्रतिक्रिया