पोखरा फाइनान्स र लेट मी इन प्रा.लि. (कोरियन एस्थेटिक), बीच ग्राहक सुविधा विस्तारसम्बन्धी सम्झौता

बुधबार, २१ असोज २०८३, १६ : ५१

काठमाडौं- पोखरा फाइनान्स लिमिटेडका ग्राहकले लेट मी इन प्रा.लि. (कोरियन एस्थेटिक), चिप्लेढुंगा, पोखरामा उपलब्ध सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

पोखरा फाइनान्स र लेट मी इन प्रा.लि. (कोरियन एस्थेटिक), चिप्लेढुंगा, पोखराबीच ग्राहक सुविधा विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीअनुसार पोखरा फाइनान्सका खातावालाले पोखरा फाइनान्सको मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा कोरियन एस्थेटिकमा उपलब्ध सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।

ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको यस सहकार्यबाट पोखरा फाइनान्सका खातावाला लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ।

पोखरा फाइनान्सले हाल ३८ वटा शाखामार्फत नगद कारोबार, आरटीजीएस, आईपीएस, कनेक्ट आईपीएस, रेमिट्यान्स, क्लियरिङ, CASBA लगायतका बैंकिङ सेवा प्रदान गर्दै आएको छ। साथै, फाइनान्सले मोबाइल बैंकिङ, डेबिट कार्ड, क्यूआर कोडलगायतका डिजिटल बैंकिङ सुविधासमेत उपलब्ध गराउँदै आएको जनाएको छ।

बुधबार, २१ असोज २०८३, १६ : ५१

प्रतिक्रिया