काठमाडौं- नबिल बैंक लिमिटेडका शेयरधनीहरूले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत लाभांश पाउने भएका छन्। बैंकको ४२औँ वार्षिक साधारणसभाले सञ्चालक समितिद्वारा प्रस्तावित उक्त लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गरेको हो।
सभाले साधारण शेयरधनीका साथै अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागिसमेत ८ प्रतिशत लाभांश पारित गरेको छ। समीक्षा अवधिमा बैंकले रु. ७.९१ अर्ब खुद नाफा कमाएको छ।
उक्त ५ प्रतिशत बोनस शेयर वितरण पश्चात् नबिल बैंकको चुक्ता पुँजी रु. ३३ अर्ब ४० करोडभन्दा
प्रतिक्रिया