काठमाडौं- नेपाली बजारमा सोमबार ९असोज २६० सुनचाँदीको मूल्य घटेको छ ।
आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा २ हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४०० रुपैयाँमा झरेको छ ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १९३.८१ अमेरिकी डलर र चाँदी ६०.९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया