सामसङ नेपालद्वारा बाढी प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि विशेष मर्मत सेवा अभियानको घोषणा

सोमबार, २६ असोज २०८३, १५ : ३८

काठमाडौं- सामसङ नेपालले हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग गर्न एक विशेष मर्मत सेवा अभियान (Special Repair Service Initiative) को घोषणा गरेको छ।

बाढीपीडित परिवार र समुदायहरू बिस्तारै सामान्य जीवनमा फर्कन थालेका बेला, मर्मत तथा नयाँ सामान फेर्दा लाग्ने आर्थिक भारलाई कम गर्दै अत्यावश्यक मोबाइल फोन र घरायसी सामानहरू पुनः सञ्चालनमा ल्याउन सहयोग गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको छ।

यस अभियानअन्तर्गत सामसङ नेपालले नारायणघाट सर्भिस सेन्टर र ताम्राकार  सर्भिस सेन्टर पाकोमा विशेष मर्मत सेवा केन्द्र सञ्चालन गरी सामसङका विभिन्न उत्पादनहरूका लागि मर्मत सुविधा प्रदान गरिरहेको छ। घरायसी सामानहरू (Consumer Electronics) का लागि घरमै पुगेर सेवा दिने (on-site visit) व्यवस्था गरिएको छ। यस अभियानमा मोबाइल उपकरणहरू (स्मार्टफोन र ट्याब्लेट) का साथै फ्रिज, वासिङ मेसिन, टेलिभिजन र अन्य योग्य घरायसी सामानहरू समावेश छन्।

यो सेवा क्याम्प नेपाल सरकारले विपद् संकटग्रस्त घोषणा गरेका १५ वटा स्थानीय तहका बाढी प्रभावित क्षेत्र तथा वरपरका जिल्लाहरू (जस्तै: रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा र तनहुँ) का लागि ल्याइएको हो।

सोमबार, २६ असोज २०८३, १५ : ३८

प्रतिक्रिया