हिमालयन डिस्टिलरीले ल्यायो प्यासन कूलरको नयाँ लेमोनेड फ्लेभर

बुधबार, २८ असोज २०८३, १४ : ०१

काठमाडौं- हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले आफ्नो रेडी–टु–ड्रिंक (आरटीडी) अल्कोहलयुक्त पेय पदार्थ ब्रान्ड प्यासन कूलरमा नयाँ लेमोनेड फ्लेभर सार्वजनिक गरेको छ।

यसअघि कोला फ्लेभरमा उपलब्ध प्यासन कूलरले नयाँ लेमोनेड फ्लेभरमार्फत आफ्नो स्वादको विविधता विस्तार गरेको कम्पनीले जनाएको छ। नयाँ उत्पादनमा कागती र लाइमको सिट्रस स्वाद, लेमोनेडको मिठास तथा कार्बोनेसनको संयोजन रहेको छ।

५ प्रतिशत अल्कोहल बाइ भोल्युम (एबीभी) रहेको प्यासन कूलर लेमोनेड २७५ एमएलको पारदर्शी बोतलमा उपलब्ध छ। यसको मूल्य प्रतिपोतल २०० रुपैयाँ तोकिएको छ। रेडी–टु–ड्रिंक स्वरूपमा रहेको यो पेय पदार्थ सेवन गर्नुअघि थप मिसाउन वा तयार गर्नुपर्ने आवश्यकता पर्दैन।

नेपालको पहिलो रेडी–टु–ड्रिंक अल्कोहलयुक्त पेय पदार्थका रूपमा परिचित प्यासन कूलरले नयाँ फ्लेभरको सुरुवातसँगै उपभोक्ताका लागि स्वादको थप विकल्प प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

प्यासन कूलर लेमोनेड नेपालभरका खुद्रा बिक्री केन्द्र, रेस्टुरेन्ट तथा अन्य तोकिएका बिक्री केन्द्रमा उपलब्ध हुनेछ।

बुधबार, २८ असोज २०८३, १४ : ०१

प्रतिक्रिया