यस दशैंमा Elica सँग भान्सामा भित्र्याउनुहोस् ताजगी र खुसी

विहीबार, २९ असोज २०८३, १४ : ०८

काठमाडौं- नेपालीहरूको महान् पर्व बडादशैं नजिकिँदै गर्दा घर–परिवारमा भेटघाट, रमाइलो र उत्सवको माहोल सुरु भएको छ । दशैंमा परिवारसँगै बसेर मिठा परिकार बनाउने, खाने र खुसी साटासाट गर्ने परम्परालाई थप सुखद बनाउन Elica ले स्वच्छ हावा र आरामदायी भान्साको सन्देशसहित दशैंको शुभकामना व्यक्त गरेको छ ।

‘ए ब्रीथ अफ फ्रेशनेस’ अर्थात् ‘ताजगीको एक सास’ भन्ने अवधारणासहित Elica ले भान्सामा खाना पकाउँदा उत्पन्न हुने धुवाँ, गन्ध र हावाको व्यवस्थापनमा सहयोग गर्ने चिम्नी प्रविधि प्रस्तुत गर्दै आएको छ । कम्पनीका अनुसार यसले भान्साको वातावरणलाई सहज, स्वच्छ र आरामदायी बनाउन सहयोग पुर्‍याउँछ ।

Elica चिम्नीमा ऊर्जा बचत, शक्तिशाली धुवाँ तथा गन्ध सोस्ने क्षमता र शान्त सञ्चालनजस्ता विशेषता रहेका छन् । दैनिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको यसको प्रविधिले ऊर्जाको प्रभावकारी उपयोगमा सहयोग पुर्‍याउने कम्पनीको दाबी छ ।

त्यस्तै, शक्तिशाली सक्सन क्षमताले खाना पकाउँदा उत्पन्न हुने धुवाँ र गन्ध तान्न सहयोग गर्छ । ‘सुपर क्वाइट’ प्रविधिले चिम्नी सञ्चालन हुँदा हुने आवाज कम गर्न मद्दत गर्छ भने ‘फ्लेक्सी भोल्टेज’ प्रविधिले १४० देखि २७० भोल्टसम्मको विद्युत् भोल्टेजमा सञ्चालन गर्न सहयोग पुर्‍याउँछ ।

यसमा रहेको ‘इन्टेलिजेन्ट स्पिड एडजस्टमेन्ट’ प्रविधिले आवश्यकताअनुसार सक्सनको गति व्यवस्थापन गर्न मद्दत गर्छ । साथै, Elica ले आफ्ना चिम्नीको मोटरमा १५ वर्षको वारेन्टी उपलब्ध गराउँदै दीर्घकालीन प्रयोगप्रति विश्वास व्यक्त गरेको छ ।

दशैंमा घरको भान्सा सामान्य दिनभन्दा बढी व्यस्त हुन्छ । परिवारका सदस्य तथा पाहुनाका लागि विभिन्न परिकार तयार गर्दा भान्सामा धुवाँ र गन्ध बढ्न सक्छ । यस्तो अवस्थामा भान्साको वातावरणलाई सहज बनाउन चिम्नी उपयोगी हुने कम्पनीको विश्वास छ ।

‘क्लिनर एयर, ह्यापियर मील्स, अ मोर ब्युटिफुल होम’ अर्थात् स्वच्छ हावा, खुसीका परिकार र अझ सुन्दर घरको अवधारणालाई अघि सार्दै Elica ले यस दशैंमा खाना पकाउने अनुभवलाई थप सुखद बनाउने लक्ष्य राखेको जनाएको छ ।

परिवार र प्रियजनसँग बसेर स्वादिष्ट परिकारको आनन्द लिँदा स्वच्छ हावा र सुन्दर भान्साको अनुभवसमेत सँगै मनाउन आग्रह गर्दै Elica ले सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र खुसीले भरिएको बडादशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ ।

विहीबार, २९ असोज २०८३, १४ : ०८

प्रतिक्रिया