जोशी हाइड्रोको तीन करोड ७१ लाख बराबरको आइपिओ आउँदै

५ बर्ष अगाडि

काठमाडौँ । एक पछि अर्को गर्दै जलविद्युत् कम्पनीले साधारण शेयर(आइपिओ) बिक्री गरिरहेको बेला जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले मंगलबारदेखि आइपिओ बिक्री गर्ने भएको छ ।

 कम्पनीले आयोजना प्रभावित स्थानीयलाई रु ३ करोड ७१ लाख ४० हजार बराबरको ३ लाख ७१ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

पहिलो चरणमा इलामको इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा, र माईपोखरीका बासिन्दाले  आईपीओका लागि आवेदन दिन सक्नेछन् । स्थानीयले  न्युनतम ५० देखि अधिकतम १ हजार ८०० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

आईपीओ निष्कासन गर्न लागेको सो कम्पनी औसत भन्दा तल वित्तीइ विवरण रहेको कम्पनी हो ।

सो कम्पनीलाई  इक्रा नेपालले  ग्रेड ५ प्रमाणपत्र दिएको छ ।

आयोजनाको लागत  प्रतिमेगावाट रु  १८ करोड ४५ लाख  छ । आयोजना बनाउन रु ५५ करोड ३५ लाख लाग्ने  छ ।

आयोजना प्रभावितलाई सकेपछि सर्वसाधारणलाई आईपीओ निष्कासन हुने कम्पनीले जानकारी दिएको छ

५ बर्ष अगाडि

प्रतिक्रिया