विद्युत् खेर गएको भन्दै खानीखोलाले यसरी ढाट्दैछ शेयरधनी

५ बर्ष अगाडि

काठमाडौ. । नेपालमा पछिल्लो पटक भएको भन्दा नभएको कुरा प्रचार गरेर पानी माथिको ओभानो बन्ने प्रवृत्ति हावी भएको छ । विशेष गरी ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा त्यो क्रम बढी रहेको छ ।

सामान्य भन्दा समान्य आर्थिक रुपमा कमजोर रहेका, वित्तीय तथ्यांक समेत एकदमै दुरुह रहेका जलविद्युत् कम्पनीले आम सर्वसाधारण नागरिकलाई शेयरको नाममा झुक्याइरहेको बेला ललितपुरमा आयोजना स्थल रहेको एक जलविद्युत् आयोजनाले पनि सरकार र शेयरधनीलाई राम्रैसँग झुक्याइरहेको छ ।

प्रसारण लाइनको बहाना बनाएर ललितपुरको भट्टेडाँडास्थित खानीखोला जलविद्युत आयोजनाले शेयर सदस्यलाई झुक्याइरहेको पाइएको छ । सो आयोजनाले  पानीको वहाव कम भएर ३ मेगावट विजुली उत्पादन हुन नसक्ने अवस्थामा सेयर सदस्यलाई झुक्याउनको लागि ६.३६ मध्ये झण्डै आधा बिजुली खेर गइरहेको भन्दै गलत तथ्य सार्वजनिक गरिरहेको छ ।

खानीखोलामा अहिले पानीको वहाव घटेको छ । पानी नभएका कारण हाल सो आयोजनाबाट एक मेगावाट भन्दा मात्रै विद्युत् उत्पादन भइरहेको छ ।

आयोजनाले प्रसारण  लाइनको बहाना बनाउदै आफ्ना शेयरसदस्यहरुलाई ढाटिरहेको छ । ठोस्ने खोला र टुंगुन खोलाको मुहानलाई प्रत्यक्ष हेर्दा पनि पत्ता लाग्छ, सो आयोजनामा हाल पानीको उपलब्धता एकदमै कम रहेको छ । पानी नै नभएपछि विद्युत् उत्पादन स्वतः कम हुने नै भयो ।

विज्ञहरुका अनुसार एक मेगावाट विद्युत उत्पादनको लागि ५ फिट मोटाइ बराबरको पानी चाहिन्छ । तर सो आयोजनाले ल्याएको पानी हाल सो भन्दा कम रहेको छ ।

खोलाको पानी घट्दै गएको छ । खोलाको पानी घटेसँगै जलविद्युत उत्पादन पनि कम भएको छ ।

मुहानै छेकेर जलविद्युत् उत्पादन गर्दा मुहानभन्दा मुनि खोला आसपासमा खेतीपातीको लागि सिंचाई पानी नभएको स्थानीयको गुनासो छ ।

‘खोलाको पानी जलविद्युत उत्पादनको हामीलाई ठूलो मार परेको छ ।’ स्थानीय रामचन्द्र तिमल्सिनाले भने । विद्युत् उत्पादन गर्ने कुरा त परेको भयो । तर आयोजनाले स्थानीयबास िर शेयरधनीलाई गलत प्रचार गरेर ठगी गरिरहेको छ ।

आयोजना प्रमुख भरत थापाका भने टुंगुन–ठोस्ने खोलाबाट ४.३६ मेगावाट र खानीखोलाबाट दुई मेगावाट विद्युत् उत्पादन भइरहेको दाबी गर्छन् ।

 

सम्झौताअनुसार ठेकेदार कम्पनीले गत पुस मसान्तसम्म प्रसारण लाइनको काम सक्नुपथ्र्यो, तर, अहिलेसम्म १० प्रतिशत पनि काम भएको छैन, काम सकिएको भए पानी पुग्ने उनको दावी छ ।

प्रसारण लाइन निर्माण कार्य सुस्त रहेको छ । निर्माणको जिम्मा पाएको त्रिपुरेश्वर जय दुर्गा कम्पनीले २०७२ सम्म प्रसारण लाइन निर्माण सक्ने सम्झौता थियो । तर, दुइपटक म्याद थपिँदा पनि निर्माण सम्पन्न भएको छैन ।

कूल ४० किलोमिटर लामो प्रसारण लाइनमध्ये हालसम्म ६ किमी मात्रै निर्माण भएको छ । प्रसारण लाइनका लागि ल्याइएका पोल अलपत्र फालिएका छन् । प्रसारण लाइन निर्माणमा ठेकेदारले लापरबाही गरेको जलविद्युत् कम्पनीको आरोप छ ।

मातातीर्थ प्रसारण लाइनमा विद्युत नजोडिँदा घाटा बेहोर्नुपरेको आयोजना प्रमुख थापाले दावी गरे ।

उनका अनुसार आयोजनाको १.४ मेगावाट बिजुली ११ केभी फिडरको लगनखेल प्रसारण लाइनमा जोडिएको छ । यहाँको विद्युत दक्षिण ललितपुर वितरण भइरहेको छ । हाल स्थानीय  ११ केभी प्रसारण लाइनमा जोडेर केही विद्युत बेचेको भएपनि ठेकेदारका कारण आफूहरु समस्यामा परेको आयोजनाको दावी छ । तर विद्युत् नै उत्पादन नभएका कारण गलत प्रचार गरेर शेयरधनीलाई गुमराहमा राख्ने काम भएको स्थानीयको दावी छ ।

 

आयोजना निर्माणका लागि खानीखोला जलविद्युत आयोजनाले रु १ अर्ब १५ करोड लगानी गरेको छ  । उनका अनुसार आयोजनामा १० प्रतिशत स्थानीयको र बाँकी कम्पनीको लगानी छ।

आयोजनामा अहिले २६ कर्मचारी छन् । तर, विद्युत प्रसारण लाइनमा नजोडिँदा कर्मचारी खाली बस्न बाध्य छन् ।

ठेकेदार कम्पनीका निर्देशक सागर लुइँटेलले प्रसारण लाइन निर्माणका लागि वन क्षेत्र फँडानी गर्न नदिएकाले समस्या भएको बताए ।

उनका अनुसार प्रसारण लाइनको १४ किलोमिटर क्षेत्रमा वन क्षेत्र पर्छ । वनकै कारण काम अड्किएको उनको दाबी छ ।

सम्झौता अनुसार काम गर्न नसक्नुका कारण वन क्षेत्र र व्यक्तिको निजी जग्गा पर्नु रहेको  उनले दावी गरे ।

स्थानीयले अवरोध गरेका कारण हामीले सम्झौता अनुसार काम गर्न नसकेको ठेकेदारको दावी छ ।

काम समयमै नसकिनुमा विद्युत प्राधिकरणको दोष रहेको उनको आरोप छ । विद्युत प्राधिकरणले आवश्यक उपकरणको व्यवस्था नगर्दा काम सुस्त भएको ठेकेदारले बताए ।

प्राधिकरणले वन क्षेत्र फँडानीका लागि स्थानीयसँग सहमति गरेको भए हामीले समयमै काम सक्थ्यौं । स्थानीयले पोलसम्म गाड्न दिएका छैनन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया