सर्वसाधारणको लगानीमा ३ हजार मेगवाट बिजुली !

५ बर्ष अगाडि

सरकारले आगामी तीन वर्षपभित्र घरघरमा ऊर्जा र ५ वर्षभित्र  माग बमोजिमको बिजुली उपलब्ध गराउने  भएको छ ।   
आजको बजेट भाषणामा  अर्थमन्त्री  युवराज खतिवडाले बूढीगण्की जलविद्युत परियोजनाको मुअब्जा  वितरणको काम  सम्पन्न  गरी निर्माण प्रक्रिया अघि बढाउने उल्लेख छ । 
  राष्ट्रसेवक कर्मचारी र वैदेशिक रोजगारीमा  रहेका श्रमिकको लगानीको उपयुक्त  विद्युत आयोजनाको निर्माण गरिने  बजेट भाषणमा उल्लेख छ ।  सर्वसाधरणको लगानीमा  ३ हजार मेगावाटको विद्युत आयोजनामा  निर्माण गरिने आकर्षक योजना पनि सरकारले ल्याएको छ ।  यस्तै गल्छी रसुवागढी केरुङ प्रशारण लाइनको निर्माण गरिने ,  देशभर स्मार्ट मिटर प्रणालीको विकास गरिने, सबैलाई ग्रामिण क्षेत्रलाई विद्युतीकरण गरिने पनि बजेट भाषणका क्रममा अर्थमन्त्रीले बताए 

५ बर्ष अगाडि

प्रतिक्रिया