एनटिसीका महाप्रबन्धक राजभण्डारी सम्मानित

६ बर्ष अगाडि

काठमाडौँ-व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत नेपाल टेलिकमका महाप्रबन्धक कामिनी राजभण्डारीलाई आज सम्मान गरिएको छ । 

नेपाल व्यवस्थापन संघको ३७औँ वार्षिक साधारणसभामा उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले ‘आउटस्टान्डिङ मेनेजर अफ द एयर २०१७’ बाट सम्मान गर्नुभयो । 

त्यसैगरी उपप्रधानमन्त्री गच्छदारले एफवान सफ्टवयर इन्टरनेशनलका अध्यक्ष विश्वास ढकाललाई ‘म्यानेजर अफ द एयर २०१७’ले सम्मान गर्नुभयो । उहाँले व्यवस्थापन क्षेत्रमा योगदान पु¥याउन सफल भएकोप्रति शुभकामनासमेत व्यक्त गर्नुभयो । 

उपप्रधानमन्त्री गच्छदारले मुलुकको राजनीतिक व्यवस्थापनमा खराबी आएका कारण समग्र क्षेत्रमा नराम्रो असर परेको बताउनुभयो । उहाँले राजनीतिक असफल भएका कारण देश समृद्धिको बाटोमा अपेक्षितरुपले अघि बढ्न नसकेको बताउनुभयो । 

आयोजक संस्था नेपाल व्यवस्थापन संघका अध्यक्ष सुशील भट्टले सम्मानित राजभण्डारी र ढकाललाई बधाई ज्ञापन गर्दै मुलुकको समृद्धिमा व्यवस्थापन क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । 

६ बर्ष अगाडि

प्रतिक्रिया