उर्जामन्त्री बर्षमान पुन र इजरायली राजदूतबीच भेटवार्ता, विओटी मोडलमा काम गर्न इजरायल ईच्छुक

५ बर्ष अगाडि

काठमाडौं–उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी इजरायली राजदूत बेन्नी ओमेरबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जामन्त्रालयमा भएको भेटवार्तामा द्धिपक्षीय हितका विषयमा छलफल भएको छ ।
भेटमा उर्जामन्त्री पुनले नेपालमा नयां संविधान जारी भइसकेपछि स्थायीत्वको युग सुरु भएको भन्दै इजरायली लगानीकर्तालाई उर्जा क्षेत्रमा लगानीको वातावरण बनाइदिन राजदूत ओमेरसंग आग्रह गर्नुभयो । 
मन्त्री पुनले भन्नुभयो ‘हामीलाई १० बर्षमा १० हजार मेगावाट विजुलीको आवश्यकता छ अहिले लगानीको राम्रो वातावरण समेत बनेको छ । तपाईमार्फत नेपालको उर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्ताहरुलाई आग्रह गर्छु ।’ 
उहाले इजरायलसंग धेरै लामो कुटनितिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध अझ मजबूत बन्ने विश्वास समेत व्यक्त गर्नुभयो । लामो समयदेखी दुई देशको बीचमा कृषी र प्रविधीका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहदै आएको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार ईच्छुक रहेको धारणा राख्नुभयो । 
मन्त्री पुनले इजरायल नेपाली कामदारको लागी सुरक्षीत गन्तव्यको रुपमा रहेको भन्दै आगामी दिनमा पनि इजरायलले त्यसमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 
भेटमा इजरायली राजदूत ओमेरले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार आंतुर रहेको बताउनुभयो । उहाले उर्जामा लगानीको लागी इजरायलले पार्टनर खोजिरहेको भन्दै त्यसका लागी सरकारलाई सहयोग गर्न आफुहरु तयार रहेको धारणा राख्नुभयो । 
‘नेपालको जलविद्युतमा लगानी गर्न इजरायबाट निजी क्षेत्र आउन तयार छ, त्यसका लागी हामी पार्टनर पनि खोजिरहेका छौ ।’ भेटमा राजदूत ओमेरले भन्नुभयो ।  उहाले विओटी मोडलमा काम गर्न इजरायल ईच्छुक रहेको बताउनुभयो । 
नेपाल इजरायलको पुरानो साथी भएको भन्दै राजदूत ओमेरले आगामी दिनमा समेत नेपाल र इजरायलको बीचमा द्धिपक्षीय सम्बन्ध मजवूत बन्ने विश्वास व्यक्त गर्नुभयो ।

५ बर्ष अगाडि

प्रतिक्रिया