बंगलादेशले लैजाला नेपालबाट पाँच हजार मेगावाट विद्युत्, बंगलादेशी ऊर्जा मन्त्री आउँदै

५ बर्ष अगाडि

काठमाडौं । नेपालमा उत्पादन भएको विद्युत् लैजानेलगायतका विषमया छलफल गर्न बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिद आज नेपाल आउन लागेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको औपचारिक निमन्त्रणामा उनी नेपाल आउन लागेको ऊर्जा मन्त्रालयले जनाएको छ ।

शुक्रबार मन्त्रालयमा द्विपक्षीय वार्ता हुने कार्यक्रम तय भएको छ ।

वार्तामा ऊर्जा सहयोग आदान प्रदान स्म्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

ऊर्जा सहयोग सम्बन्धी विषयमा यस अघि सन् २०१४ र २०१६ मा पनि छलफल भएको थियो । तत्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले पनि सो विषयमा छलफल गरेका थिए ।

त्यस्तो समझदारी चीन र भारतसँग पनि भइसकेको छ ।

सरकारले  भारतसँग जस्तै बंगलादेशसँग पनि विद्युत् व्यपारा सम्झौता गर्ने तयारी गरेको छ । तर भारतसँग भएको सम्झौताको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।

बंगलादेश नेपालका केही ठूला आयोजनामा लगानी गर्ने इच्छा राख्दै आएको छ । उसले नेपालबाट करिब ५ हजार मेगावाट विद्युत् लैजान सक्ने बताउँदै आएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया