नेपालको ऊर्जामा एडिबीको लगानी, बालुवामा पानी

५ बर्ष अगाडि

काठमाडौं । नेपालको ऊर्जा तथा भौतिक पूर्वाधारको विकासमा सहयोग गदैृ आएको एसियाली विकास बैंकको लगानी बालुवामा पानी जस्तै भएको छ ।

एडिबीले हालसम्म रु  ६८ करोड डलर भन्दा बढी लगानी गरेको छ ।  तर प्रतिफल भने शुन्य अवस्थामा रहेको छ ।

त्यसमध्ये जम्मा १२ करोड १९ लाख डलरमात्र खर्च भएको छ ।  यो कूल लगानीको करिब १९.६२ प्रतिशत मात्रै हो ।

गत साता भएको एडिबीको लगानीका आयोजनाको प्रगति तथा समीक्षा बैठकमा नेपालले खर्च क्षमता बढाउन नसकेकोप्रति व्यापक गुनासो गरिएको थियो ।

ऋण तथा अनुदान अवधि साढे ४ वर्ष तोकिएका अधिकांश आयोजनाको सन्तोषजनक प्रगति हुन सकेको छैन ।

 कूल लगानीमध्ये सन् २०१८ जुलाईसम्म ३३ करोड ३५ लाख डलर बराबरको ठेक्का सम्झौता भएको छ ।

सन् २०१८ को दोस्रो त्रैमासिकसम्म ६ करोड २ लाख डलरको ठेक्का गर्ने लक्ष्य राखिएको छ ।

सो अवधिमा ७१ लाख डलरको मात्र ठेक्का गरिएको छ ।

एडिबीले विद्युत प्रसारण विस्तार तथा आपूर्ति सुधार, तनहुँ जलविद्युत, सासेक विद्युत प्रणाली विस्तार, प्रभावकारी विद्युत प्रसारण तथा वितरण स्तरोन्नती र ऊर्जा क्षेत्रका आयोजना तयारी क्षेत्रमा लगानी गरेको छ । तामाकोसी–बाह्रबीसे, बाह्रबीसे–काठमाडौं ४ सय केभी लगायत प्रसारण लाइनमा लगानी गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया