क्रिकेटर शक्ति गौचम सम्मानित

५ बर्ष अगाडि

थासाङ स्पोर्टस क्लबले भेटरान क्रिकेटर शक्ति गौचन र ब्याडमिन्टन खेलाडी शोभा गौचनलाई सम्मान गरेको छ । सातौं थासाङ रनिङशिल्ड धनुषवाण प्रतियोगिताको उद्घाटन समारोहका अवसरमा समाजले आफ्नो समाज अन्तर्गतका दुई खेलाडीलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार विश्वकर्माले खेलाडी द्वयलाई सम्मानपत्र प्रदान गरे ।
थासाङ स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको पहिलो दिन ब्यक्तिगतका खेलहरु संचालन भईरहेको छ ।  अन्तिम दिन भने टिम इभेन्टका खेलहरु संचालन भइरहेका छन् । भाद्र १ गते सम्म संचालन हुने प्रतियोगितामा ब्यक्तिगततर्फ ५० जना खेलाडीको सहभागिता रहेको छ । टिम स्पर्धामा  १३ टिमको सहभागिता रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया