यस्तो भब्य माहोलका बीच भयो एशियाली खेलकूदको उद्घाटन, हेर्नुस् तस्बिरमा

५ बर्ष अगाडि

काठमाडौँ– एशियाली महादेशको सबैभन्दा ठूलो खेल महोत्सवको आज साँझ इण्डोनेसियाको जाकार्तास्थित गेलोरा बुङ कार्नो रङ्गशालामा त्यहाँका राष्ट्रपति जोको विडोडोले उद्घाटन गरेका छन् । 

समारोहमा इण्डोनेसियाका चर्चित कलाकारहरू अन्गुन, राइसा, टुलुस, इडो कोण्डोलोगिट लगायतले आफ्नो प्रस्तुति दिए । उद्घाटन समारोहमा नेपालबाट खेलाडी, प्रशिक्षक, अफिसियल गरी ८० जना सहभागी थिए । 

उद्घाटन समारोहको मार्चपासमा भारोत्तोलनका कमलबहादुर अधिकारीले नेपालको राष्ट्रिय झण्डा बोकेका थिए । एशियाडमा ४५ देशका ११ हजार ५०० खेलाडी सहभागी छन् । ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । 

इण्डोनेसियाका सर्वाधिक ९५१ खेलाडीले प्रतिस्पर्धा गर्ने एशियाली खेलकूदमा समग्रमा सबैभन्दा बढी स्वर्ण जितेको चीनले ८७९ खेलाडी सहभागी गराएको छ । त्यस्तै थाइल्याण्डले ८१६, दक्षिण कोरियाले ८०७, चाइनिज ताइपेइका ५५८ र भारतका ५७२ खेलाडी सहभागी छन् । 

एशियाडमा नेपालबाट विभिन्न २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियललगायत गरी जम्मा २८५ जना सहभागी छन् । जसमा १८५ खेलाडी ९पुरुष १२९ र महिला ५६०, प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र दोभाषे १ रहेका छन् । 

 

५ बर्ष अगाडि

प्रतिक्रिया