महिन्द्राको प्लस न्यू एक्सयुभी ५०० नेपाली बजारमा, यस्तो छ विशेषता

मंगलबार, १२ भदौ २०७५, १२ : ३१

काठमाडौं –  महिन्द्राको नेपालको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडले  सनरूफसहितको प्लस न्यू एक्सयूभी ५०० नेपाली बजारमा ल्याएको छ। सोमबार एक कार्यक्रम गरेर कम्पनीले यो गाडीको बिक्री सुरू गरेको घोषणा गर्यो । 

आकर्षक डिजाइन, आरामदायी इन्टेरियर, उच्चशक्ति र टर्कयुक्त यो गाडीले स्पोर्ट युटिलिटी भेहिकलमा नयाँ मापदण्ड कायम गरेको कम्पनीले जनाएको छ । 
 गाडीमा १५५ हर्सपावर र ३६० एनएम टर्कशक्ति रहेको छ भने छैठौं पुस्ताको विद्युतीय रुपमा नियन्त्रित भेरियवल जियोमेट्री टर्बौचार्जरले यो गाडीलार्इ बढी उर्जायुक्त र उत्कृष्ट बनाएको छ।

यस्तै  ओआरभीएम लोगो प्रोजेक्सन ल्याम्पसहितको विद्युतीय सनरुफ, न्यू  स्मार्ट वाच कनेक्टिभिटी, जीपीएस नेभिगेशनसहित सात इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट समेत रहेको कम्पनीले जनाएको छ । 

यसमा विभिन्न सुविधाहरू इन्ह्यान्सड गरिएको छ । ६ वटा एयरब्याग छ । यसमा पहिलोपटक स्मार्ट वाच कनेक्टिभिटी सुविधा पनि छ । एवीएससहित इविडी र उकालो र ओरालो लाग्दा नियन्त्रणमा रहने गरी सबै चक्कामा डिस्क ब्रेक पनि छ।

 यो गाडीको मूल्य ६१ लाख ८० हजार रुपैयाँदेखि सुरु हुने बताउँदै महिन्द्रा एण्ड महिन्द्राका अन्तर्राष्ट्रिय विभाग दक्षिण एसियाका उपाध्यक्ष सञ्जय यादवले प्लस न्यू एक्सयुभी ५००ले  ग्राहकलार्इ शतप्रतिशत प्रभावित गर्ने बताए।

मंगलबार, १२ भदौ २०७५, १२ : ३१

प्रतिक्रिया