प्याराग्लाइडिङले जोगायो नेपालको इज्जत, आयो इन्डोनेशियाबाट खुशीको खबर

५ बर्ष अगाडि

काठमाडौं– इन्डोनेशियामा जारी एशियाली खेलकूदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ ।  प्याराग्लाइडिङको पुरुषतर्फ नेपालले रजत पदक जितेको हो । 
स्वर्ण पदक भने जापानले जित्यो । नेपालले कुल ११ हजार ३६४ अंक ल्याउँदा जापानले ११ हजार ३९१ अंक प्राप्त गर्दै रजत पदक जित्न सफल बन्यो । 
तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा पदक बिहिन भएको नेपाललाई प्याराग्लाइडिङमा पाएको पदकले खुसी दिलाएको छ । 
नेपालले तेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलमा पदकको आशा गरेको थियो । 
नेपालले झण्डै २० वर्षपछि यो  उच्चस्तरको सफलता हासिल गरेको हो । सन् १९९८ को एशियाडमा   तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया