एसिया कप छनोटमा नेपालको दोस्रो जित

५ बर्ष अगाडि

एसिया कप छनोट क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ । सिंगापुर विरुद्ध ४ विकेटको जितसँगै नेपालले फाइनलमा पुग्ने झिनो सम्भावना जिवित राखेको छ ।

सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात दिएका थिए । उनले ३२ बलमा ४३ रन बनाए । यसैगरी ज्ञानेन्द्र मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र ललित सिंह राजवंशीले ३-३ विकेट लिएका थिए । यसैगरी सोमपाल कामीले २ र बसन्त रेग्मीले एक विकेट लिए । नेपालले आफ्नो अन्तिम म्याच हङकङविरुद्ध खेल्नेछ । अघिल्ला दुई खेल हारिसकेकेा र रन रेट पनि कमजोर रहेकोले नेपाल फाइनलमा पुग्ने सम्भावना न्यून छ ।

यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया