पाकिस्तान विरुद्ध विमल घर्ती मगरको गोल, तर अन्तिम मिनेटमा सम्हालिन नसक्दा पराजित

५ बर्ष अगाडि


काठमाडौँ– साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ गोलअन्तरले पराजित भएको छ । 

बङ्गलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा नेपाल पाकिस्तानसँग अन्तिम मिनेटमा पराजित भएको हो । पाकिस्तानका मोहमद अलीले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई महत्वपूर्ण तीन अङ्क दिलाए । 

पहिलो हाफमा एक–शून्यले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले बराबरी गोल गरेको थियो । नेपालका लागि बिमल घर्तिमगरले ८२ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । 

पहिलो हाफको ३७ औँ मिनेटमा पेनाल्टीमार्फत पाकिस्तानका मोहमद रिजाले गोल गर्दै अग्रता कायम गरेका थिए । जीतसँगै समूह ‘ए’ मा पाकिस्तानले तीन अङ्क जोडेको छ । नेपालले आगामी बिहीबार भूटान र शनिबार बङ्गलादेशको सामना गर्नेछ । 

साफ फुटबलको १२औँ संस्करणसम्म आइपुग्दा नेपालले उपाधि जित्न सकेको छैन । आजको हारसँगै साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपालले खेलेका सात खेलमध्ये दुईमा जीत, तीनमा बराबरी र दुईमा पराजय भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया