नेपालद्वारा  भुटान ४–० ले पराजित

५ बर्ष अगाडि

काठमाडौं– साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–०ले पराजित गरेको छ । बिहिबार बंगलादेशको ढाकामा सम्पन्न खेलमा नेपालले भुटानलाई ४–०ले हराउँदै सानदार जित हासिल गरेको हो । 
नेपालको जितमा अनन्त तामाङ, सुनील बल , भरत खवास र निराजन खड्काले गोल गरे । 
नेपालको लागि अनन्तले २१ औं मिनेटमा गोल गरे । यस्तै खेलको ७० औं मिनेटमा  सुनीलले गोल थपे । नेपालले पाएको पेनाल्टी बिमल घर्तीमगरले मिस गरेपनि  फर्किएको बललाई सुनीलले गोलको दिशा दिए । 

यस्तै खेलको ७६ औं मिनेटमा मैदान छिरेका भरत खवासले  ७९ औं मिनेटमा गोल गर्दै टीमलाई ३–०को अवस्थामा पुर्याए  भने खेलको ८८ औं मिनेटमा निराजनले फेरि गोलगरेपछि टीम४–०ले विजयी भयो । 

यसअघिको पहिलो खेलमा भने नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।

५ बर्ष अगाडि

प्रतिक्रिया