टिसिएल विश्वको दोस्रो ठूलो ब्राण्ड घोषित

३ बर्ष अगाडि

विश्व बजारमा उत्पादन र ग्राहकहरुको रोजाईमा पर्न सफल टि.सि.एल.ब्राण्डका घरायसी सामाग्रीको आधारमा यसपटक फेरि टि.सि.एल. टिभी विश्वको दोस्रो ठूलो ब्राण्ड बन्न सफल भएको छ ।

नेपालमा पनि टि.सि.एल ब्राण्डका घरायसी सामाग्रीको माग बढ्दो छ । नेपालमा टि.सि.एल. ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन,एयर कन्डिसनर, चेष्टफ्रिजर, वाटर डिस्पेन्सर लगायतका उपकरणहरु चौधरी ग्रुप अन्तर्गत इ.ओ.एल.मार्फत नेपाली बजारमा बिक्री हुने गरेको छ । 

टि.सि.एल.ब्राण्ड विश्वमा १५ वटा अवार्ड विजेता समेत भइसकेको छ । टि.सि.एलका २३ वटा आर.एण्ड.डि सेन्टर, ७५ हजार कर्मचारी, २१ वटा मेनुफेक्चरी वेस रहेको र १६० वटा देशमा आफ्नो व्यापार विस्तार गरिसकेको छ । विश्वमा टि.सि.एल. ब्राण्डको मूल्याङकन २००७ मा ४०.१३६ अर्ब आर.एम.वि.रहेकोमा १० वर्षमा बढेर ८०६.५६ अर्ब आर.एम.वि.पुगेको छ । टि.सि.एल.ब्राण्डको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ । 

टि.सि.एल.टिभी सन् १९८१ मा सुरुवात गरेको पाईन्छ । आई.एच.एस. पछिको २०१६ मानै उत्कृष्ट टप ३ स्थान ओगट्न सफल भएको टि.सि.एल. ब्राण्डका टि.भी. २०१८ देखि २०२० सम्म उत्कृष्ट टप २ स्थानमा पर्न सफल भएको छ । क्यु २, २०२० मामार्केट सेयर को आधारमा टि.सि.एल. ग्लोबल टप २ टि.भी. ब्राण्ड बन्न सफल भएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया