बुधबार थपिए ११ सयभन्दा बढी कोरोना संक्रमित , १८ सय ९३ जना संक्रमण मुक्त

३ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८ सय ४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ८ सय ९३ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर १७ हजार ४ सय १४ जना संक्रमित रहेका छन्। यस्तै ७ हजार १ सय ४ जना क्वारेन्टिनमा रहेका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया