शिवालय बचत तथा ऋण सहकारी संस्थाको १२ औं साधारणसभा सम्पन्न

आइतबार, २१ असोज २०७५, १५ : ३१

नुवाकोट– ककनी गाउँपालिका–२ सिउँडेनीस्थित श्री शिवालय बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

नुवाकोट क्षेत्र नम्बर १ का सांसद हित बहादुर तामाङको प्रमुख अतिथ्यता, क्षेत्र नं १ ख का सांसद बद्री मैनाली र ककनी गापाका अध्यक्ष  मान बहादुर तामाङ, उपाध्यक्ष सीता खतिवडा तामाङ , ककनी गापा वडा नं १ ,२ र ३ का वडा अध्यक्षहरु  चन्द्र बहादुर श्रेष्ठ बलामी , केदार पौडेल र घननाथ बजगाई आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो । 
सो अवसरमा कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष उत्तम घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर सदस्यहरु ब्यवसायीक कृषि तथा अन्य क्षेत्रमा आर्थिक उपार्जनको लागि काम गर्ने योजना लिएर आए संस्थाले सहयोग गर्न सदैव तयार रहेको बताए । 
 संस्थाका कोषाध्यक्ष सन्तोष पुडासैनीले आव ०७४–०७५ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा चुक्ता पूँजी २६ लाख सतासी हजार चार सय र बचत निक्षेप २ करोड ५ लाख ६४ हजार ४ सय ७९ रुपयाँ पुगेको जानकारी दिए । 

 संस्थाको शेयर सदस्यबीच २ करोड ६ लाख ६७ हजार ८ सय ३८ रुपयाँ ऋण लगानी गरेको तथा आव ०७४–०७५ मा रु ५ लाख १५ हजार ४ सय ३५ रुपयाँ नाफा कमाएको जानकारी दिँदै पुडासैनीले  स्थानीय निकायले सहकारीलाई विकास निर्माणमा समावेश गराई उपभोक्ता समिति भन्दा सहकारी श्रमलाई विकास निर्माणमा जोड्न सके स्थानीय स्तरमा विकास निर्माणले गति लिन सक्ने धारण ब्यक्त गरे । 

कार्यक्रममा संस्थाको लेखा समिति संयोजक राजेन्द्र न्यौपानेले संस्थाले गत बर्ष राखेको बार्षिक कार्ययोजना सफलताको साथ सम्पन्न गरेकोमा खुशी ब्यक्त गरे ।
साधारण सभामा लोक गायिका अनुजा पुडासैनीले गीत प्रस्तुत गरेकी थिइन् भने  शेयर सदस्य  सिताराम घिमिरेले आफ्ना गजल प्रस्तुत गरेका थिए ।

आइतबार, २१ असोज २०७५, १५ : ३१

प्रतिक्रिया