मनिषाले गरिन् ‘अनानिक ब्यूटी सलोन एन्ड स्पा’ को उद्घाटन

शुक्रबार, १४ फागुन २०७७, १२ : ००

अभिनेत्री मनिषा कोइरालाले  ‘अनानिक ब्यूटी सलोन एन्ड स्पा’को उद्घाटन गरेकी छन् । बिहीबारबाट सञ्चालनमा आएको  ‘अनानिक ब्युटी सलोन एन्ड स्पा’को पाँचौ ब्राञ्चको रुपमा मनिषाले  उद्घाटन गरेकी हुन्  ।

ओपनिङमा कोइरालासहित, सांसद शान्ता चौधरी, क्याप्टेन विजय लामा, कलाकार दीपकराज गिरी, कलाकार तथा निर्देशक दिपाश्री निरौला, गायिका समृद्धि राई, अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल २०२० नम्रता श्रेष्ठ लगायत दर्जन बढी सेलिब्रेटी पुगेका थिए । 

क्यानडाबाट सुरु भएको अनानिकले नेपालमा ५ वटा ब्रान्च खोलेको छ । नयाँ बानेश्वर, दरबारमार्ग, लाविम मल, पोखरा पछि बौद्धमा यसको शाखा विस्तार भएको हो । अनानिकका सञ्चालक सुरवीन राई हुन् ।

शुक्रबार, १४ फागुन २०७७, १२ : ००

प्रतिक्रिया