उद्योगपति एवं संघीय सांसद विनोद चौधरी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पूर्वी नवलपरासी क्षेत्र नम्बर १ को आरक्षण कोटाबाट उनी महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
चौधरी मधेशी, अल्पसंख्यक समुदायको कोटाबाट सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका े निर्वाचन अधिकृत चुडामणि कँडेलले जानकारी दिए ।
सो क्षेत्रबाट २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५० जनाको उम्मेदवारी परेकोमा अल्पसंख्यक र मधेशी कोटामा भने चौधरी निर्विरोध चयन भएका हुन् । अन्य सबै पदमा मंगलबार निर्वाचन हुने छ ।
२०६४ मा एमालेबाट संघीय सांसद रहेका चौधरी २०७४ को निर्वाचनअघि कांग्रेसमा प्रवेश गरेलगत्तलै समानुपातिकतर्फ सांसद बनेका थिए ।।
प्रतिक्रिया