अब भारतबाट ३ करोड भन्दा धेरैको आयत गर्दा एसली खोल्नुपर्ने, सटही सुविधा पनि तीनलाख मात्र

शुक्रबार, १६ पुस २०७८, १६ : ४२

सरकारले भारतबाट गरिने आयातका लागि खोलिने आयात प्रतितपत्र (एलसी) को सीमा घटाएको छ ।  

नेपाल राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै भारतीय रुपैयाँमा गरिने आयातको सीमा घटाएको हो । 

यसअघि ५ करोड रुपैयाँभन्दा बढिको बस्तु आयात अनिवार्य रुपले प्रतितपत्रमार्फत गर्नु पर्ने ब्यवस्था रहेकोमा अब ३ करोडमाथिको बस्तु आयात गर्दा एलसी खोल्नु पर्ने भएको छ । 

राष्ट्र बैंकले सामान निर्यात गर्नको लागि सटही सुविधाको पनि सीमा निर्धाण गरेको छ । 
यसअघि तेस्रो मुलुकमा सामान निर्यात गर्दा दुवानी/क्लियरिङ/फर्वार्डिङका लागि जतिपनि सटही सुविधा पाउने व्यवस्था रहेकोमा अब तीन लाख रुपैयाँसम्म मात्र सटही सुविधा पाइने व्यवस्था भएको छ। त्यसका लागि सम्बन्धित आधिकारिक निवेदन साथ आवश्यक कागजात बुझाएउनुपर्ने व्यवस्था भने कायमै छ । 

शुक्रबार, १६ पुस २०७८, १६ : ४२

प्रतिक्रिया