६ महिनामा १२९ विदेशी उद्योगको कुल ३० अर्ब ५६ करोड विदेशी लगानी प्रस्ताव स्वीकार

विहीबार, १३ माघ २०७८, १४ : ००

काठमाडौं - चालु आर्थिक वर्षको ६ महिनामा १२९ विदेशी उद्योगको कुल ३० अर्ब ५६ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको छ ।

उद्योग विभागका अनुसार जसमा ठूला २, मझौला ३७ र साना ९० वटा उद्योगहरु रहेका छन । विदेशी लगानी स्वीकृत भएका उद्योगहरुबाट ८ हजार ११६ जनाले रोजगारी पाउनेछन ।

गत वर्षको यहि अवधिमा १२३ विदेशी उद्योगको कुल २३ अर्ब ४७ करोड विदेशी लगानी प्रस्ताव स्वीकार गरिएको थियो । 
 

विहीबार, १३ माघ २०७८, १४ : ००

प्रतिक्रिया