सुनको मूल्य तोलाको ९४ हजार पुग्यो, आज कतिले बढ्यो ?

शुक्रबार, २८ माघ २०७८, १० : ५३

काठमाडौं - आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । 

हिजो विहिबार प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 


हिजो विहिबारको तुलनामा आज शुक्रबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ५०० ले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो विहिबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यकमा कारोबार हुने महासङ्घले जनाएको छ । 

शुक्रबार, २८ माघ २०७८, १० : ५३

प्रतिक्रिया