सुनको मूल्य तोलामा ५०० रुपैंयाले घट्यो, चाँदीको मूल्य भने वृद्धि

बुधबार, ११ फागुन २०७८, १० : ५२

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ ।

हिजो अर्थात मंंगलबार प्रतितोला ९७ हजारमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा ५०० रुपैंयाले घटेर प्रतितोला ९६ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९६ हजार कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । हिजो प्रतितोला १ हजार ३१५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा ५ रुपैंयाले बढेर प्रतितोला १ हजार ३२० रुपैंया कायम भएको छ ।
 

बुधबार, ११ फागुन २०७८, १० : ५२

प्रतिक्रिया