रुस–युक्रेन युद्ध : विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर !

शुक्रबार, २० फागुन २०७८, ०८ : ५०

काठमाडौं - रुस–युक्रेन युद्धका कारण विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल १२० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकाशिएसँगै निगमको घाटा पनि उत्कर्षतर्फ पुग्दै गएको छ । 

निगमले पेट्रोलियम पदार्थ खरिदबापत भारतीय आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने रकम अपुग भएको भन्दै सरकारसँग सहयोग मागेको छ ।

वि.सं २०७० को फागुन ३० गते पेट्रोलको मूल्य १४० पुगेको थियो। त्यस बेला कच्चा तेलको मूल्य अकासिएको थियो तर चारवर्षपछि मूल्य निरन्तर घट्दै गएर वि.सं २०७४ असार १८ मा पेट्रोलको मूल्य ९८ रुपैयाँसम्म झरेको थियो । 

त्यसयता इन्धनको भाउ फेरि बढन थालेको हो ।

शुक्रबार, २० फागुन २०७८, ०८ : ५०

प्रतिक्रिया