हिजो बढेको सुनको मुल्य आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

बुधबार, २३ चैत्र २०७८, १० : ५०

काठमाडौं - आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । 

हिजो मंगलबार प्रतितोला ९८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९८ हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । 

हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको  हो । हिजो प्रतितोला १०० रुपैयाँले बढेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ रहेको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । हिजो मंगलबार प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

बुधबार, २३ चैत्र २०७८, १० : ५०

प्रतिक्रिया